चौथो रोजबड प्लस टु छात्र बास्केटबलमा ज्ञान निकेतनको जित
२०७६ पुस ८ गते

पुस ८, काठमाडाैँ । ज्ञान निकेतनले चौथो रोजबड प्लस टु छात्र बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ ।
बुद्धनगरस्थित रोजबड स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा ज्ञान निकेतनले हेराल्डलाई ४९–४२ ले पराजित गर्यो । ज्ञान निकेतनका मनीष तामाङले २१ अंक जोडे ।
ट्रिनिटी र टाइम्सले पनि आ–आफ्नो खेलमा सफलता पाए । ट्रिनिटीले एभरेष्ट फ्लोरिडालाई ७७–४२ तथा टाइम्सले युनिग्लोबलाई ६६–३१ ले हराए । ट्रिनिटीका किरण कँडेलले १९ तथा टाइम्सका पेम्बा शेर्पाले २३ स्कोर गरे ।

२०७६ पुस ८ गते
प्रतिक्रिया
सम्बन्धित








