सम्झौता कार्यान्वयन नभएको भन्दै प्राध्यापक र कर्मचारी आन्दोलित

पुस १५, काभ्रे । काठमाडौं विश्वविद्यालय कार्यकारी परिषद्ले गठन गरेको अधिकार सम्पन्न वार्ताटोलीले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै प्राध्यापक र कर्मचारी आन्दोलित भएका छन् ।   

प्राध्यापक र कर्मचारीले मंगलबार आज सबै कार्यालयमा ताला लगाएका छन् । विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघले विश्वविद्यालयको धुलिखेलमा रहेको केन्द्रीय हाताका सबै डीनको कार्यालय, परीक्षा नियन्त्रणको र कार्यालय प्रशासकीय लगायतका भवनमा तालाबन्दी गरेका हुन् । 

प्राध्यापक संघ र कर्मचारी संघसँग गरिएको सम्झौता कार्यान्वयनका हुनुपर्नै उनीहरुको माग छ । ८५ औं सभाले दिएको निर्देशनअनुसार विशेषसभा पुस १५ भित्र राखि प्राडा विजय केसीको संयोजकत्वमा बनेको कार्यदलले पेश गरेको संघ सम्बन्धी नियमको मस्यौदा सम्झौता बमोजिम अनुमोदन हुनुपर्ने माग गरिएको थियो । 

ती लगायतका माग सुनुवाई नभएको र विगतमा गरिएका सम्झौता कार्यान्वयन गर्न केयु प्रशासनले बेवास्ता गरेको कारण सबै कार्यालयमा ताला लगाउनु परेको प्राध्यपक संघका अध्यक्ष  प्राडा वेदमणि दाहालले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *