सरकार मुद्दैमुद्दाको घेरामा, विद्यार्थीमाथि प्रहरीले चलायो गोली, फेवा किनारका संरचाना भत्काउन सर्वोच्चको आदेश, गौरिकालाई एकै संस्करणमा तीन स्वर्ण

मंसिर २३, काठमाडौँ । राजधानीबाट प्रकाशन हुने अधिकांश पत्रपत्रिकाहरुले नेपालमा जारी सागसँगै अन्य विषयहरुलाई पहिलो पृष्ठको मुख्य समाचार बनाएका छन् । आजको नयाँ पत्रिका दैनिकले फेवातालको संरचना भत्काउन सर्वोच्चले दिएको आदेशलाई पहिलो पृष्ठको मुख्य समाचार बनाएको छ । नयाँ पत्रिकाका अनुसार २० महिनासम्म पनि सरकारले रेखांकन नगरेको भन्दै फेवा किनाराका संरचना ६ महिनामा  भत्काउन भन्दै सर्वोच्च अदालतले आदेश दिएको छ ।   

नयाँ पत्रिका दैनिकले नै कोहलपुरमा ट्रकको ठक्करबाट विद्यार्थी घाइते भएपछि प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको विषयलाई पनि पहिलो पृष्ठमा समाचार बनाएको छ । त्यस्तै कोहलपुरकै घटनाको विषयलाई कान्तिपुर दैनिकले सडकमै छुटे जुत्ता शीर्षकमा समाचार छापेको छ ।   

आजको गोरखापत्र दैनिकले भने सागका क्रममा गौरिका सिंहले पौडीमा तेस्रो पटक स्वर्ण पदक हासिल गरेको विषयलाई मुख्य समाचार बनाएको छ । त्यस्तै आजको राजधानी दैनिकले भ्रष्टाचार मुद्दामा इन्जिनियर धेरै शीर्षकमा समाचार छापेको छ ।   

अन्य पत्रपत्रिकाको पहिलो पृष्ठ तस्बिरमा   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *