गोलरहित बराबरीमा सकियो बार्सिलोना र रियल म्याड्रिडबीचको भिडन्त

पुस ३, काठमाडौं । सिजनको बहुचर्चित पहिलो एल क्लासिको भिडन्तमा बार्सिलोना र रियल म्याड्रिडबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । 

पछिल्लो नतिजाले साविक विजेता बार्सिलोना स्पेनिस लिगको तालिकामा शीर्ष स्थानमा यथावत छ । बार्सिलोनाको घरेलु मैदानमा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका अवसर बनाएप्नि सफल हुन सकेन ।   

बराबरीसँगै दुवै टोलीले १७ खेलबाट समान ३६ अंक बनाएका छन् । बार्सिलोना गोलअन्तरका आधारमा शीर्ष र रियल दोस्रो स्थानमा छ ।  यसअघि अक्टोबर २६ का लागि तय भएको एल क्लासिको क्याटलोनिया आन्दोलनका कारण स्थगित भएको थियो ।  

null

क्याटलोनिया स्वतन्त्रतालाई लिएर बार्सिलोनामा लामो समयदेखि विरोध प्रदर्शन हुँदै आएको छ ।  त्यतिवेला अप्रिय घटना हुने डरले स्पेनिस फुटबल महासंघले स्थगित गरेको खेल बुधबार गरिएको हो । यस खेललाई मध्यनजर गरी बार्सिलोनाको सुरक्षा ब्यवस्था कडा पारिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =