आईएमई लाइफ इन्स्योरेन्सको दोस्रो साधारण सभा सम्पन्न

मंसिर १९, काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा काठमाडौंको चन्द्रागिरी हिल्स लिमिटेडमा बुधबार सम्पन्न   

सभाले कम्पनीले आर्थिक वर्ष २०७४/०७५ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ ।   

त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७४/०७५ को वासलात, नाफा—नोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय विवरण स्वीकृत समेत गरेको छ । साभा मार्फत आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकको नियुक्तिलाई अनुमोदन गरेको छ ।   

null

सभामा बोल्दै समितिका अध्यक्ष डा.अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धी साक्षरताको अभाव रहेको बताए । उनले सो बिषयलाई अवसरको रुपमा लिई बीमा सम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच न्यून भन्दा न्यून आयस्रोत भएका जनमानसमा पु¥याउन आफु कटिबद्ध रहेको पनि जानकारी दिए ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *