कार्कीको ‘पोखराकी गुरुङ सेनी स्वर्गकी परी’ बजारमा आउँदै

मंसिर २१, काठमाडौं । मोरङ रतुवामाई निवासी गायक हरि कार्कीको नयाँ गीत बजारमा आउने भएको छ । ‘पोखराकी गुरुङ सेनी स्वर्गकी परी ,कसो गरौं अब आहै मनै घर्रबरायो, पाए हुन्थ्यो बोल्न आहै मुखै बर्बरायो’ बोलको गीतको रेकर्डिङ सकिएको छ ।  

रोजी लाबुङ राईको शब्द रहेको यस गीतमा नरेश लिङ्देनले संगीत भरेका छन् । 

लामो समयसम्म संगीत साधना गरेका कार्कीले आफ्नो पहिलो कोशेली स्वरुप गीत रेकर्ड गराएको जानकारी दिए । चाँडै नै भिडियो सहित सार्वजनिक गर्ने तयारी भईरहेको छ, उनले  भने‘सबैले माया गरिदिनुहुन्छ भन्ने विश्वास छ । 

त्यसो त सामाजिक सन्जालमा कार्कीको कभरसँगहरु निक्कै रुचाईएको छ । यो त आफ्नै गीत हो, अझ मन जित्छु भन्ने विश्वास छ, उनले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 3 =