न्यु जनकल्याण बचत तथा ऋण सहकारी १४ औं वार्षिक साधारण सभा सम्पन्न

पुष ०५, धरान । सुनसरी जिल्लाका निबृती प्रचार्या तथा सहकारी प्रशिक्षका योगराज धमलाले नेपाल सरकारले निर्माण गरेको सहकारी कानुन कार्यान्वयनको अन्तिम चरणमा रहेकोले एउटा सहकारीले कमसे कम ५ सयको सदस्यता बनाउनुपर्ने बताएका छन् ।
सुनसरीको धरान ९ स्थित न्यु जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ बार्षिक साधारयासभाको उद्घाटन सत्रलाई धरान १७ नमस्ते रिसोर्टमा एक कार्यक्रमकाबीच सम्बोध गर्दै धमललले यस्तो बताएका हुन् ।
उनले सहकारी क्षेत्रको माध्यमबाट देश र राष्ट्रको समृद्धीका लागी छलफल चलिरहेको पनि बताए ।

सुनसरीको सहकारी अभियान्ता समेत रहेका धमलाले बेरोजगारी समस्या समाधानका लागी सहकारीको भुमिका महत्वपुर्ण हुने बताए ।
हाल ब्यापक रुपमा बिस्तार भैरहेको सहकारी क्षेत्रको उचित ब्यवस्थापन र नियमन जरुरी रहेको भन्दै धमलाले नियमनका लागी संरचना निर्माण र ईमान्दारीताको मात्र खाचो औल्याए । साथै धमलाले सुनसरी जिल्लाकै पहिलो सहकारी न्यु जनकल्याण सहकारी भएकोले यसलाई मल जल गर्न हरेक सेयर सदस्यले आ(आफना समुदायमा भित्रिने बुहारीहरुलाई सदस्य बनाई पुजी बिस्तार गर्न पनि मुल मन्त्रको रुपमा सुझाव पनि दिए ।
कार्यक्रममा सोही बचत तथा ऋण सहकारी संस्थाका पुर्व कानुनी सल्लाहकार डा।कमल लिगेला ,संस्थापक उपाअध्यक्ष आशा सुब्बा,बरिष्ठ सल्लाहकार बर्तमान लिम्बु,भाषिक चलचित्र निर्मात्री तथा नायीका शोभा खजुम, संस्थाका कार्यवाहक अध्यक्ष चन्द्रमाया लिम्बु लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष मन कुमारी याख्खाको अध्यक्षता एवं योगराज धमलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहकारीका सचिवको तर्फबट बार्षिक प्रगती प्रतिबेदन पेश गरिएको थियो भने सभामा शेयर सदस्य बिजया मान्धरले समेत आफनो मन्तव्य राखेका थिए ।
साथै सोही कार्यक्रमका बिच संस्थाले उत्तम ऋिणी नईन्द्र कुमार राई असल बचतकर्ता, बिना लिम्बु सुब्बा, असल कर्मचारी एलिसा पुलामी मगर, ७१ बर्षिया सेयर सदस्य बुद्धमाया तामाङ तथा अनिषा थापालाई सम्मान समेत गरेको छ ।
त्यस्तै पदम माया देवान लाई दोसल्ला तथा सम्मान पत्रबाट सम्मान गरिएको थियो भने २०७५ सालमा संस्थको कार्यक्रम सफल बनाउन सम्योजकाको भुमिका निभाउनुने स्वर्णीहाङ फोम्वो लाई कदर पत्र तथा सेयर सदस्य तथा पुर्व कानुनी सल्लाहकार डा। कमल तिगेलाई बिद्याबारिधि गर्न सफल भएकोमा सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
संस्थाका कार्यवाहक उपाध्यक्ष चनद्रमाया लिम्बुले स्वागत गरेको कार्यक्रमको सञ्चालन भने संस्थाका सञ्चालकद्धय बिष्णुमाया लिम्बु र स्वर्णीहाङ फोम्बोले गरेका थिए ।
यस बर्ष सो सहकारीले १५ लाख ६४ हजार ५ सय ७६ रुपैया बचत गर्न सफल भएको छ ।








