बन्दुकधारीले अकस्मात् चर्चमा गोली चलाउँदा २ जनाको मृत्यु
मकालु खबर
२०७६ पुस १४ गते
पुस १४, अमेरिका । टेक्सासस्थित वेस्ट फ्रिवे चर्च अफ क्रिष्र्टमा बन्दुकधारीले गोली चलाउँदा २ जनाको मृत्यु भएको छ ।
आइतबार बिहान ११ः५० बजे प्रार्थनाका लागि बसिरहेका व्यक्तिले अकस्मात् उठेर गोली चलाएका थिए । प्रार्थनाको फेसबुक लाइभ भइरहेकाले त्यो लाइभमा समेत देखिएको थियो । घटनामा आक्रमणकारीको समेत मृत्यु भएको छ । सुरक्षाकर्मीको आक्रमणमा उनी मारिएका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, ती व्यक्तिले किन आक्रमण गरे भन्ने खुलेको छैन । स्थानीय प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।
null
मकालु खबर
२०७६ पुस १४ गते
प्रतिक्रिया
सम्बन्धित