घुस लिनेमा इन्जिनियर धेरै, १ करोड ३७ लाख रुपैयाँ जफत
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७६ मंसिर २३ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
मंसिर २३, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला ६ महिनाको अवधिमा घुससहित १ सय ४० जनालाई नियन्त्रणमा लिएर अदालतमा मुद्दा दर्ता गरेको छ ।
घुससहित नियन्त्रणमा लिएकाबाट अख्तियारले १ करोड ३७ लाख ७० हजार ४ सय ६० रुपैयाँ जफत गरेको छ । अख्तियारको साउनको तथ्यांक केलाउँदा १९ वटा अप्रेसनमा १० जना इन्जिनियर फन्दामा परेका थिए ।
भदौमा मात्रै अख्तियारले आठ जना इन्जिनियरलाई नक्कली शैक्षिक योग्यता प्रमाणपत्रदेखि घुस रकमसहित पक्राउ गरेको थियो । यो समाचार राजधानी दैनिकले छापेको छ ।
null
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७६ मंसिर २३ गते
प्रतिक्रिया
सम्बन्धित