बीरेन्द्रनगर साना किसानमा अध्यक्षमा पुन पौडेल चयन

पुष ४, चितवन। पूर्वी चितवनको साना किसान कृषि सहकारी संस्था बीरेन्द्रनगरको अध्यक्षमा पुन हरिप्रसाद पौडेल चयन भएका छन् ।
राप्ती नगरपालिका ८ मा रहेको सो सहकारीको शुक्रवार सम्पन्न २४ औं वार्षिक साधारण सभा तथा आठौ अधिवेशनबाट संचालक समिति अध्यक्षमा पौडेल सर्वसम्मत रुपमा चयन भएका हुन् । पौडेल यो सँगै सहकारीको अध्यक्षमा चौथो पटक निर्वाचित भएका हुन् ।
अध्यक्षसहित उपाध्यक्ष र सदस्यहरु सबै निर्विरोध चयन भएका सहकारीका मुख्य प्रवन्धक पुष्पराज रानाले बताए । उपाध्यक्षमा पुन बालानन्द कडेंल चयन हुँदा सदस्यहरुमा कमला पुन, भुवानी प्रसाद कडेंल, भुमीश्वर सुवेदी, रामप्रसाद नेपाल, कृष्णमाया पुडासैनी, मीरा डल्लाकोटी, देवी शर्मा फुयाँल, गुप्ती लामा, यमलाल तिमिल्सीना, देवीराम देवकोटा, मिना अधिकारी र अम्बिका सापकोटा चयन भएका छन् ।

साधारण सभामा ३९ वटा अन्तर समुह, शेयर सदस्यका छोराछोरी मध्ये उत्कृष्ठ अंक ल्याउने १४ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रदेश नम्वर ३ का भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, राप्ती नगरपालिका प्रमुख प्रभा बराल, सहकारीका अध्यक्ष हरि प्रसाद पौडेलले उनीहरुलाई प्रमाणपत्र र नगदले पुरस्कृत गरेका थिए ।
सो अवसरमा कृषि मन्त्री लामाले कृषि र पशुपालनको क्षेत्रमा प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन गरेका भन्दै ति वजेटहरु फ्रिज नहुने गरि काम गर्न आग्रह गरे । मन्त्री लामाले उत्पादन र व्यवसायिकरण तर्फ उन्मुख हुनु पर्ने समेत बताए । ९२७ सदस्यबाट सुरु भएको सो सहकारीको हाल २ हजार ८ सय भन्दा वढि सदस्य छन् । गत आर्थिक वर्ष २०७५/७६ मा सहकारीले १ क्रोड ८ लाख ४ हजार रुपैया मुनाफा गर्न सफल भएको सहकारीका अध्यक्ष पौडेलले बताए ।








