चौथौं टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प १९–२१ मंसिरमा हुने

मंसिर १५ काठमाडौं । सिप्रदी ट्रेडिङ प्रा.लि.ले यही १९ देखि २१ मंसिरसम्म चौथौं टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प २०१९ को आयोजना गर्ने भएको छ ।   

ग्राहकसम्म पुग्ने यो तीन दिने क्याम्प नेपालभर रहेका सिप्रदीका ५३ वटा सर्भिस वर्कशपहरूमा आयोजना हुँदैछ । 

यो सर्भिस क्याम्पमा टाटा मोटर्सका कमर्सियल गाडीहरूका ग्राहकहरूले निःशुल्क गाडीको अवस्थाको जाँच, विशेष योजनाका साथै अन्य सेवाहरू प्राप्त गर्नेछन् ।   

null

तीन दिने सर्भिस क्याम्पमा टाटा जेन्युइन स्पेयर पार्टहरू, म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्रीमा आकर्षक डिस्काउन्टहरू सार्वजनिक गरिनेछ । यी अफर र योजनाहरूका साथै ग्राहकहरूका लागि थप रिक्रिएस्नल कार्यक्रमहरूको व्यवस्था गरिएको छ ।   

सिप्रदीले आफ्नो सामाजिक उत्तरदायित्वको हिस्साअन्तर्गत निःशुल्क स्वास्थ्य जाँच तथा निःशुल्क आँखा जाँचको पनि आयोजना गर्दैछ । भने सिप्रदीले आफूलाई सहयोग पुर्याउने ग्राहकहरूलाई विभिन्न विधाअन्तर्गत सम्मान पनि गर्दैछ । सोही क्याम्पमा टाटा मोटर्सका केही नयाँ कमर्सियल गाडीहरू पनि सार्वजनिक हुनेछ । 

तीन दिने ग्लोबल सर्भिस क्याम्पमा निःशुल्क ४७ पोइन्ट्स चेकअप, निःशुल्क कम्प्युटर डाइगनोसिस, निःशुल्क इलेक्ट्रिकल तथा ब्याट्री परीक्षण, निःशुल्क एफआईपी परीक्षण, निःशुल्क टायर परीक्षण, निःशुल्क प्रदूषण जाँच, निःशुल्क लन्च सुविधा, गेम तथा मनोरञ्जनात्मक गतिविधिहरू, दैनिक लक्की ड्र तथा मोबाइल फोन जित्ने मौका, बम्पर लक्की ड्र समेतको ब्यवस्था छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *