जबसम्म हामीसंग कामबाट बच्ने बाटो हुन्छ, हामी कहिल्यै सफल हुँदैनौ

पुष ६, काठमाडौं । पुरानो जमानामा एक राजाले आफ्नो छोरालाई तरबार चलाउन सिकाउन चाहान्थे । तर राजमुकार तरबार चलाउँन धेरै नै डराउँथ्यो । ऊ मा तरवार चलाउने साहास थिएन । तर पनि उनका पिताले केही हदसम्म राजकुमारलाई तरबार चलाउन सिकाएका थिए ।   

समय-समयमा राजालाई युद्धका लागि जानुपथ्र्यो तर राजकुमार कहिल्यै आफ्नो पिताको साथ जाँदैन थिए । किनभने उनी कसैसंगै लडाई गर्न सक्दैन थिए । राजा आफ्नो छोराको डर हटाउने कोशिस गरिरहन्थे । तर राजकुमारको अवस्था भने त्यस्तै नै थियो । एक दिन उनको राज्यमा शत्रुले आक्रमण गर्यो । राजाको सेनाका अगाडि शत्रुको सेना धेरै थियो । केही दिनमै राजाका बहादुर सेनाहरु युद्धमा मारिए ।   

अन्तमा राजामात्रै जिवित रहे । 

राजकुमार दरबारमा नै थियो । जब राजकुमारलाई थाहा भयो कि युद्धमा सबै कुरा खत्तम भयो तब ऊ हिम्मत गरेर दरबारबाट बाहिर आयो । बाहिर आउने बित्तिकै उसले अगाडि शत्रुसेना आईरहेको देख्यो । ऊ डरायो । दरबारभित्र जान खोज्यो तर दरबारको अगाडि उसले सत्रुसेनालाई राजालाई बन्दी बनाएको देख्यो । राजालाई बन्दी बनाएको देखेर दरबारभित्रका सेवकहरुले ढोका बन्द गरिदिए ताकि शत्रुहरु दरबारभित्र नपसुन्  ।   

अब राजकुमार मैदानमा एक्लै थियो । उसंग दुईवटा विकल्प थिए । कि त आत्मसमर्पण गर्नु कि त तरबार उठाएर शत्रुसंग लड्नु । राजकुमारले दोश्रो विकल्प रोज्यो । उसले तरबार उठायो र शत्रुमाथी जाईलाग्यो । राजाले सिकाएको तरबारबाजीबाट ऊ शत्रुमाथि भारी भयो । राजकुमारलाई युद्ध गरेको देखेर दरबारका सेवकहरुलाई पनि हौशला आयो र उनीहरुपनि युद्ध गर्न दरबार बाहिर आए । केही समयमै उनीहरुले शत्रुलाई त्यहाँबाट लखेटे र राजालाई मुक्त गराए । राजकुमारसंग जबसम्म युद्धसंग बच्ने तरिका थिए उनी युद्ध गर्नबाट बचिरहे । अन्तमा उसंग युद्ध गर्नुको अरु कुनै विकल्प थिएन तब उनले जुन काम गरे, उनले आफ्नो पिता र राज्यलाई शत्रुबाट बचाए ।   

कथाको मुल सार  : यो सानो कथाको शिक्षा भनेको हामीलाई कहिल्यै पनि कुनै काम देखि डराउनु हुँदैन । डरकै कारण जबसम्म हामी काम गर्नबाट बचिरहन्छौं, तबसम्म हामीलाई सफलता मिल्दैन । 

एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =