चीनको सहयोगमा चिनियाँ नागरिक पक्राउ प्रकरणः बरामद गरिएको सामान सार्वजनिक

पुस ९, काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट  पक्राउ परेका चिनियाँ नागरिकहरुको साथबाट बरामद गरिएको सामानहरु प्रहरीले सार्वजनिक गरेका छन् । 

बुधबार प्रहरीले पत्रकार सम्मेलन गरी बरामद गरिएको सामानहरु सार्वजनिक गरेका हुन् ।  

  

प्रहरीका अनुसार पक्राउ परेका चिनियाँ नागरिकको साथबाट बरामद गरिएको ७४७ थान मोबाइल, ३३१ थान ल्पापटप, ९८ थान सिपियु, ९९ थान मोनिटर, २२ थान पेनड्राइभ, ३२७ थान सिम कार्ड र ६७ वटा पासपोर्ट सार्वजनिक गरिएको हो ।   

प्रहरीले चीन र नेपालको संयुक्त अपरेशनमा सोमबार एकैदिन १२२ चिनियाँ नागरिकहरुलाई पक्राउ गर्न सफल भएको र उक्त अपरेशनको नाम  ‘चार्ली फोक्स्टर’ रहेको जानकारी गराएका छन् ।   

प्रहरीका अनुसार अनुसन्धानको क्रममा पक्राउ परेकी चिनियाँ युवतीले नेपाल प्रहरीलाई दुर्व्यवहार गरेपछि अभद्रमा मुद्धा चलाइएको प्रहरीले जानकारी दिएको छ ।  नेपालमा विदेशी नागरिकविरुद्ध गरिएको यो सबैभन्दा ठूलो अप्रेशन रहेको  नेपाल प्रहरी बताउँछन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =