धरानमा नेकपा हार्नुको रहस्य खुल्यो, यस्तो छ हार्नुका ४ कारण

मंसिर २२, काठमाडौं । धरान उपमहानगरमा नेकपाले हार्नुमा स्थानीय जनप्रतिनिधिमा दुईतिहाइ बहुमतको दम्भ, त्यसका कारण जनभावनाअनुसार काम गर्न नसक्नु र पार्टी एकीकरणमा ढिलाइ मुख्य कारक हुन् । पार्टीमा शीर्ष तहबाटै गुटबन्दी, कांग्रेसलाई अन्य दलको साथ पनि चुनाव हारेको नेकपाकै नेताले औंल्याएका छन् । 

हार्नुको कारण 

१. तत्कालीन एमालेबाट निर्वाचित जनप्रतिनिधिको गलत कार्यशैली र करमा भारी वृद्धिप्रति धरानवासी असन्तुष्ट थिए । पार्टी नेतृत्वले पटक–पटक कर समायोजन गर्न निर्देशन दिए पनि उपमेयर मञ्जु भण्डारीले अस्वीकार गरिन् ।  

null

तीन पांग्रे टेम्पोको कर हजारबाट बढाएर ३ हजार रुपैयाँ पुर्याइयो । घरजग्गा, व्यापार, व्यवसायलगातय क्षेत्रमा पनि कर बढाइयो । यहाँका ४ हजार टेम्पो चालक नेकपासमर्थक थिए । कर बढाएका कारण यसपटक कांग्रेस उम्मेदवारलाई मत हाल्नुपरेको टेम्पो चालकको भनाइ छ । 

२. पार्टी एकीकरणमा ढिलाईकले कार्यकर्ता जिम्मेवारीविहीन हुन पनि नेकपालाई उपनिर्वाचन भारी बन्यो । 

३. नेकपा उम्मेदवारविरुद्ध अन्य दल सक्रिय रहे । समाजवादी, राप्रपा, खम्बुवानलगायले कांग्रेस उम्मेदवारलाई समर्थन गरे । 

४. नेकपाले हार्नुको अर्को कारण अन्तघात हो । उम्मेदवार छनोटमा देखिएको असन्तुष्टि सम्बोधन गर्न नसक्नु र नेपाल पक्षधरले फेसबुकमा ओली पक्षलाई गाली गर्नुले कार्यकर्ता विचलित देखिएका थिए । यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकले छापेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + sixteen =