दाङमा नेकपाले लियो सुरूवाती अग्रता
मकालु खबर
२०७६ मंसिर १५ गते
मंसिर १५, दाङ । दाङ–३ को प्रदेश (ख) को उपनिर्वाचनमा नेकपाले सुरुवाती अग्रता लिएको छ ।
अहिलेसम्मकाे मतगणना अनुसार नेकपाकी उमेदवार विमला वलीले ८३१ मत प्राप्त गर्दा कांग्रेसका उम्मेद्वार केशवराज शर्माले २६२ मत पाएका छन् ।
जिल्ला समन्वय समितिको सभाहलमा मतगणना बिहान ९ बजेबाट शुरू भएको हो । दाङ–३ (ख) ६८ हजार ७१९ मतदाता मध्ये ४५ हजार ७१८ ले मत खसालेका थिए ।
मकालु खबर
२०७६ मंसिर १५ गते
प्रतिक्रिया
सम्बन्धित