आज यसरी चम्किदैँ छ तपाईँको भाग्य, हेर्नुस् राशिफल र पञ्चाङ्ग

पाेष ०१, काठमाडाैं । वि.सं. २०७६ पुस १। मंगलबार। इ.स. २०१९ डिसेम्बर १७। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलागा। पौष कृष्णपक्ष। षष्ठी, २६:४८ उप्रान्त सप्तमी। नक्षत्र– मघा, २७:०९ बजेउप्रान्त पूर्वफाल्गुनी। योग– विष्कम्भ, २५:२१ बजेउप्रान्त प्रीति। करण– गर, १५:५४ बजेदेखि वणिज, २६:४८ बजेउप्रान्त भद्रा। आनन्दादिमा कालदण्ड योग। चन्द्रराशि– सिंह। काठमाडौंमा सूर्योदय– ६:४९ बजे, सूर्यास्त– १७:१० बजे र दिनमान २५ घडी १ पला। पौष संक्रान्ति। 

  

तपाईँको आजको राशिफल 

null

मेष 

वैदेशिक कार्य अघी बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । 

वृष 

अनावश्यक ठाउँमा धन खर्च हुनेछ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुविधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । 

मिथुन 

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । प्रेमीको सहयोग पाईनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । 

कर्कट 

आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । ज्ञानमा वृद्धि हुनेछ । 

सिंह 

विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । ताकेको कार्य पुरा होला । 

कन्या 

अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु उपलब्धीमूलक हुँदैन । प्रेममा मनमुटाव आउनेछ । 

तुला 

नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । 

वृश्चिक 

नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । 

धनु 

 लाभ,हानी,आय,व्यय,सुख,दुस्ख वरावरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । 

मकर 

जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला । 

कुम्भ 

सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । 

मीन 

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । ( ज्यो।प। नारायणप्रसाद दुलाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + eight =