नेपाल स्क्वास रकेट्स संघ प्रदेश नं १ मा विश्व बन्धु ताम्रकार

पुस ४, धरान । खेलकुदमा नयाँ खेलको रुपमा पहिचान बनाउन सफल नेपाल स्क्वास रकेट्स संघले आफनो प्रदेश नं एक को प्रथम साधारण सभा सम्पन्न गर्दै नयाँ कार्य समिति गठन गरेको छ ।
शुक्रबार धरानको बराह किचनमा एक कार्यक्रमका बीच सो साधारण सभा सम्पन्न गरेको हो ।
साधारणसभा बाट १७ सदस्य नया कार्य समिती समेत चयन गरेको नव निर्वाचित अध्यक्ष विश्व बन्धु ताम्राकारले जानकारी दिए । नेपाल स्क्वास रकेटस संघ केन्द्रीय समितीका उपाध्यक्ष सुवास राईको प्रमुख आतिथ्यतामा सम्पन्न सो साधारण सभाबाट पछि थप दुई सदस्य रहने गरी नयाँ कार्य समिती चयन गरेको हो ।

जसको बरिष्ठ उपाध्यक्षमा रमेश राई, प्रथम उपाध्यक्षमा धन बहादुर घले, उपाध्यक्षमा गीता थापा महासचिवमा नरेन्द्र कुमार चोङवाङ, सचिवमा गंगा कालिकोटे, कोषाध्यक्षमा उत्तम कुमार श्रेष्ठ चयन भएका छन ।
त्यस्तै गरी सदस्यहरुमा बिकास चाम्लिङ राई, प्रतिक श्रेष्ठ, नबिन बनेपाली, रुपा लिम्बु, दिक्षा दाहाल र मिन कुमार मगर चयन भएका छन । साधारण सभाले सल्लाहकारहरुमा अनुप लामा, रितेष श्रेष्ठ, मान बहादुर दियाली, अनिल अग्रवाल र कानुनी सल्लाहकारमा अवइन्द्र निरौलालाई चयन गरेको छ ।
सोही कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सुवास राईले खेलकुदका हरेक क्षेमा योजना लिएर अगाडी बढने हो भने सरकारले पनि खेलकुदलाई राम्रै सहयोग गर्ने कुरा साग खेलकुदबाट प्रस्ट भएको बताए । उनले नेपालमा ढिलो गरी बाहिर आएपनि संसारभरी नै यो खेलको निकै महत्व रहेका बताए । राईले खेल क्षेत्र पनि शिक्षाको बाटो भएकोले खेलाडीहरुको लागि यसलाई व्यवस्थापन गर्न महंगो पर्न गएको बताए । साथै उनले यो खेल ब्यवस्थापनका लागि केन्द्रबाट सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
धरानमा यो खेल कमिटी करिब २ बर्ष अघि नै गठन गरिएपनि तत्कालिन संघका अध्यक्ष दिपेश श्रेष्ठको निधन भएपछि स्थगित जस्तै भएको थियो भने यो साधारण सभाले पुन सो खेललाई जाग्रित गराउँदै खेल क्षेत्रमा एउटा ईटा थप्ने कार्य नया कार्य समितिले गर्ने नवनिर्मित नेपाल स्क्वास रकेट्स संघ प्रदेश नं १ कमिटीको बुझाई छ ।








