टिजरमा यस्ताे देखियाे विपिनकाे ‘सेल्फी किङ्ग’ (टिजरसहित)
मकालु खबर
२०७६ मंसिर १८ गते
मंसिर १८, काठमाडौं । विपिन कार्की अभिनित चलचित्र ‘सेल्फी किङ्ग’ को टिजर सार्वजनिक भएको छ ।
विशाल सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रको टिजरमा सेलिब्रेटीको क्रेज र फ्रस्टेसनलाई प्रस्तुत गरिएको छ, जसको भूमिका विपिनले निभाएका छन् । चलचित्रमा उनी जाेकरकाे पहिचानका साथ सेलिब्रेटीकाे भूमिकामा देखिएका छन् ।
चलचित्रलाई सुभाष थापा र दिनेश राउतले संयुक्त रुपमा निर्माण गरेका हुन् । यसअघि निर्माता थापा र निर्देशक राउत मिलेर चलचित्र ‘प्रसाद’ बनाएका थिए ।
माघ २४ गते रिलिज हुन लागेको फिल्म ‘सेल्फी किङ्ग’मा बिपिनसँगै कलाकार लक्ष्मी वर्देवाको अभिनय र नायिका केकी अधिकारीको एउटा नृत्य छ ।
हेर्नुहाेस् टिजरः
https://youtu.be/Aa6-P05qW1c
मकालु खबर
२०७६ मंसिर १८ गते
प्रतिक्रिया
सम्बन्धित