मकवानपुरमा जीप दुर्घटना : तीनको मृत्यु ६ घाइते
२०७६ पुस ११ गते

पुस ११, काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ स्थित रामचन्द्र भञ्ज्याङमा शुक्रबार जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेको मकवानपुर प्रहरीले जनाएको छ । उनीहरुको सनाखत हुन सकेको छैन ।
हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना१ज ३४३३ नम्बरको जीप हेटौंडा कुलेखानी सिस्नेरी सडक खण्ड अन्तर्गत रामचन्द्र भञ्ज्याङको पाटेखोलामा सडकदेखि करिब ५ सय मिटर तल खसेको थियो । दुर्घटनामा ५ पुरुष र १ महिला घाइते भएको प्रहरीले जनाएको छ । जीपका चालक समेत घाइते भएका छन् ।

घाइतेहरुको मनहमोहन मेमोरियल अस्पताल फर्पिङमा उपचार भैरहेको जनाइएको छ ।
२०७६ पुस ११ गते
प्रतिक्रिया
सम्बन्धित








