भारत लैजाँदै गरेका १९ बालकको जमुनाहा नाकाबाट उद्दार

मंसिर ३०, नेपालगन्ज । जुम्लाको सिँजा गाउँपालिका ३ नराकोटका १९ जना बालकलाई भारत लैजाँदै गरेको अवस्थामा उद्दार गरिएको छ ।   

उनीहरुलाई नराकोटकै २० वर्षका रणबहादुर सार्की र २४ वर्षका विवेक सार्कीले दुईवटा अटो रिक्सामा भारत लैजाँदै गर्दा शनिबार राति जमुनाहा नाकाबाट उद्दार गरिएको सिविन नेपालगन्जका संयोजक सिद्धराज पनेरुले जानकारी दिए ।   

उद्दार गरिएका बालकमा ९ वर्षदेखि १७ वर्षका छन् । सबैभन्दा बढी १६ वर्षका ७ जना छन् । १७ वर्षका ६ जना, १४ वर्षका २ जना र १३, १२, ११ र ९ वर्षका १÷१ जना छन् । एक‍जना बुढा बाहेक सबै सार्की हुन्। यो समाचार अन्नपूर्णपोष्टले छापेको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + seventeen =