महानगरभित्र अब भिक्षा माग्न नपाईने, मागे कारबाही हुने

मंसिर २४, काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरभित्र अब भिक्षा माग्न नपाईने प्राव्धान ल्याउने भएको छ । महानगरपालिकाले आज (मंगलबार) एक सूचना जारी गर्दै शुक्रबारपछि सडकमा कोहि मागिरहेको भेटिए कारबाही गर्ने जनाएको छ। 

माहानगरपालिका अब सार्वजनिक स्थलहरुमा बेसहारा, अविभावकविहिन, सहयोगापेक्षी र सडक आश्रितहरुको अभिभाबक बन्ने भएको छ ।   

महानगरपालिकाले मंसिर २९ गते आफ्नो २५ औं दिवसका अविभावकत्व ग्रहण गर्ने कार्यक्रमको औपचारिक शुरुवात गर्ने जनाएको छ। 

null

सार्वजनिक स्थलमा जीवन निर्वाह गर्नुपर्ने परिस्थितिको अन्त्य गरिने अपेक्षा महानगरले राखेको सूचनामा उल्लेख छ। पेशेवर रुपमा भिक्षा माग्नु र माग्न लगाउनु मुलुकी अपराध संहिताविपरित हो। यस्तो गरेको भेटिए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना गरिने मुलुकी अपराध संहिताको दफा १३६ मा उल्लेख छ। सरकारले ‘भोकै कोही पर्दैनन्, भोकले कोही मर्दैनन्’ भन्ने नाराका साथ सडक मानवमुक्त समाजको निर्माण गर्ने लक्ष्य लिएको छ। रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *