५ वर्षीय कैथलीन जसले सय विद्यार्थीलाई कुकिज बेचेर सहयोग गरिन्

पुस ३, काठमाडौं । अमेरिकामा पाँच वर्षीय कैथलीन हार्डीले मानिसहरुलाई सहयोग गरेर उदाहरणीय काम गरेकी छिन् । उनले यस्ता बच्चाहरुलाई सहयोग गरेकी छिन्, जो विद्यार्थी विद्यालयमा खाजा खान सक्षम थिएनन् ।   

कयौँ परिवार आफ्नो बच्चाको खानाका लागि संघर्ष गरिरहेका छन् भन्ने जानकारी पश्चात् उनले १२३ बच्चाहरुलाई सहयोग गर्ने योजना बनाइन् । तर १०० बच्चाहरुको शुल्क मात्रै जम्मा गर्न सकिन् ।   

कैथलीनकी आमा करिनाले भनिन्, ‘छोरी मेरो सामु आएर उनीहरुको सहयोग गर्न चाहेको भन्दै अनेकौँ तौरतरिकाबो सवाल गर्न लागिन् । मैँले सम्झाउन कति कोशिस गरेँ तर सकिनँ । उनले एक स्टल राखेर कोक र कुकिज बेच्न चाहन्छु भनिन् र हामीले त्यसै गरिदियौँ ।’ 

कैथलीन हार्डी ने स्टॉल लगाकर कुकीज बेचीं।

त्यसपश्चात् कैथलीनले आफ्नी आमाको साथमा एक स्टल लगाएर ८० डलर संकलन गरिन् । 

ब्रीज हिल इलेमेन्टरी स्कूल की प्रिन्सििपल लोरी हिगले भने, ‘यो खुशीको कुरा हो । यी बच्चाहरुको खाजा खर्चका विषयमा कति कुराहरु भए, तर यी बच्चीले गरेर देखाइन् ।’ 

उता करीना हार्डीले उक्त इलाकाका सबै बच्चाहरुका लागि खाना जुटाउनका लागि उक्त अभियान अघि बढाउन चाहेको बताइन् । उनले एक क्याम्पेन नै सुरु गरेकी छिन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + seven =