ज्योतिषशास्त्र अनुसार मंसिर महिनामा जन्मने व्यक्तिको स्वभाव यस्ताे हुने

मंसिर १७ । ज्योतिषशास्त्रलाई आधार मानेर आफ्ना कामहरू अगाडि बढाउने मानिसहरू धेरै हुन्छन् । ज्योतिषशास्त्रका अनुसार मानिसको चालचलन, व्यवहारलगायत अन्य गतिविधि मानिस जन्मेको जन्मबार, महिना र समयले निर्धारण गरेको हुन्छ । 

को मान्छे कुन साल, कुन महिना, कुन बार तथा कति बेला जन्मेका हो उक्त साइतले उसको स्वाभाव र चरित्र निर्धारण गर्ने गर्छ । एक वर्षमा १२ महिना हुन्छ । त्यसका अनुसार हरेक मानिसहरुको आफ्नो फरक जन्म महिना रहेको हुन्छ । र, त्यही जन्म महिनाअनुसार व्यक्तिहरुको फरक–फरक विशेषता रहने गर्छ । 

हिन्दू क्यालेन्डरमा महिनाको नाम नक्षत्रहरुको आधारमा राखिएको हुन्छ । यो महिना जन्मेको मानिस यस्तो हुन्छ भनेर त कसैलाइ पनि थाहा हुँदैन । तर, विभिन्न ज्योतिषहरूले बताएअनुसार उनीहरूका केही कुराहरू भने मिल्ने गरेको पाइन्छ । 

Image result for मंसिर महिनामा जन्मने व्यक्तिको स्वभाव

मंसिरमा जन्मने व्यक्तिहरू मीठो बचन बोल्ने, धनवान्, धर्ममा विश्वास राख्ने, निकै मिलनसार, पराक्रमी र अरुलाई उपकार गर्ने खालका हुन्छन् । यो महिनामा जन्मिने व्यक्तिहरू जहिले सत्य बोल्न, र बफादार हुने गर्छन् । यो महिनामा जन्मिएकाहरू अरुको सहयोग गर्ने अत्यन्त दयालु र परोपकारी स्वभावका हुन्छन् । 

उनीहरूमा अत्यधिक सहनशीलता पनि हुन्छ । जर्मनीमा भएको अनुसन्धान अनुसार यो महिनामा जन्मिएका मानिसहरू धेरैजसो बायाँ हात चलाउने गर्छन् । मंसिर महिनामा जन्मिएकाहरू अब्बल दर्जाका अल्छी, र एकदम जिद्दी हुने गर्छन् । उनीहरु धेरैजसो अरुमा नै निर्भर हुन खोज्छन् । 

यो महिनामा जन्मिएका मानिसहरू भाग्यमा अत्यधिक विश्वास गर्छन् । उनीहरू धेरै बिरामी पर्ने खालका हुन्छन् भने उनीहरूलाई घुँडा तथा आँखाको समस्या हुने सम्भावना हुने गर्छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *