कागेश्वरी मनोहरा नगरपालिकाका मेयर थापामाथि भ्रष्टाचारको आरोप (भिडियोसहित)

मंसिर २१, काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापा भ्रष्टाचारको विवादमा मुछिएका छन् । प्रतिपक्षी दल नेपाली काँग्रेसले उनले गरेको भ्रष्टाचार भन्दै २७ बुँदामा भ्रष्टाचारका बुँदा सार्वजनिक गरेपछि मेयर थपा विवादमा मुछिएका हुन् ।   

काँग्रेसको अगुवाइमा थापाविरुद्ध विभिन्न नाराजुलुससहित विरोधका कार्यक्रमहरु पनि हुन थालेका छन् । उता मेयर थापा भने नगरपालिकामा आफू मेयर भएपनि ३ जना कार्यपालिका सहित १३ जना नेपाली काँग्रेसकै सदस्य निर्वाचित भएर आएकाले भ्रष्टाचार भएको भए  उनीहरुबाटै प्रक्रियागत रुपमा कुरा आउनु पर्ने बताउँछन् ।   

नेपाली काँग्रेसले नगरपालिकाले जारी गरेको शिक्षा ऐन खारेज हुनुपर्ने माग राख्दै आएको र उक्त माग सुनुवाई नभएपछि आफूमाथि भ्रष्टाचारको आरोप लगाएको मेयर थापाको दाबी छ । उता काँग्रेसका कार्यकताहरुले भने मेयर थपाले बालुवा ठेक्कामा एक करोड रुपैयाँ अनियमितता गरेको आरोप लगाएका छन् भने यसको छानविन हुनुपर्ने माग गरेका छन्  ।   

थप जानकारीका लागि यो भिडियो हेर्नुहोस् ।  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *