मध्यरातमा गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

मंसिर २३, खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको सवारीसाधनमा गए राति आगलागी भएको छ । आगलागीका कारण सवारी जलेर ध्वस्तसमेत भएको छ ।   

गाउँपालिका अध्यक्ष निरौला  सुतिरहेका बेला राति आगजनी गरेको बताइएको छ । आगो करिब दुई घण्टापछि हरमटारबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।   

प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतम नेतृत्वको टोली घटनास्थलमा खटाइएको र आवश्यक अनुसन्धान शुरु गरिएको जानकारी दिए ।  

Image result for रावाबेँसी गाउँपालिका प्रमुखको गाडीमा आगजनी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *