बागलुङ दुर्घटनामा देउवाद्वारा दुःख व्यक्त

१७ मंसर, काठमाडौं । मंगलबार बिहान  गुल्मीबाट कुलपुजाको लागि बागलुङ जाँदै गरेको जिप दुर्घटना हुँदा ज्यान गुमाएकाहरुप्रति  नेपाली कांग्रेसद्वारा दुःख व्यक्त गरिएकाे छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाले दुर्घटनामा ज्यान गुमाएका १४ जनालाई श्रद्धाञ्जली अपर्ण  गर्दै दुःख व्यक्त गरेका हुन् ।  साथै उनले यस दुर्घटनामा परी घाइते भएकाहरुको समेत शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 

सभापति देउवाले पछिल्लो समय एकछि अर्को गर्दै ठूलो दुर्घटना भएको भन्दै तत्काल एक कार्यदल गठन गरी घटनाको छानबिन गर्न सरकारसँग माग समेत गरेका छन्  । 

Image result for शेरबहादुर देउवा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *