आज मंगलबारको पञ्चाङ्ग र फलादेश

वि.सं. २०७६ मंसिर १७। मंगलबार। इ.स. २०१९ डिसेम्बर ३। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। सप्तमी, २३:१७ उप्रान्त अष्टमी। नक्षत्र– धनिष्ठा, १५:१९ बजेउप्रान्त शतभिषा। योग– व्याघात, १५:५३ बजेउप्रान्त हर्षण। करण– गर, १०:२२ बजेदेखि वणिज, २३:१७ बजेउप्रान्त भद्रा। आनन्दादिमा उत्पात योग। चन्द्रराशि– कुम्भ। काठमाडौंमा सूर्योदय– ६:३९ बजे, सूर्यास्त– १७:०६ बजे र दिनमान २६ घडी ७ पला। पञ्चक। गढीमाईमा विशेष पूजा। विश्व अपाङ्ग दिवस। द्विपुष्कर योग १५:१९ बजेसम्म। 

१७ मंसिर २०७६ मंगलबारको राशिफल 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ । 

null

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लाभदायक यात्रा रहनेछ । लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आफन्तसंग रमाइलो भेटघाट हुनेछ । मनोरन्जनमा सहभागिता भईएला । प्रेममा मधुरता छाउनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा सचेत रहनुहोला । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) श्रमको उचित मुल्याङन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी हुनेछ । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । स्वास्थ्यमा सुधार आउला । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कार्यमा रुची बढ्नेछ । रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । प्रेममा सफलता पाईनेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विचार गरेर निर्णय लिनु उचित होला । पारिवारिक समस्यापनि आइपर्ला, तर रातो रंगको प्रयोगले विभिन्न समस्याबाट जोगाउनेछ । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) महिला वर्गबाट विशेष सहयमेग मिल्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ व्यापार व्यवसायमा प्रगति होला । 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । शुभकार्यको चर्चा रहला । आत्मिक सन्तुष्टि मिल्नेछ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) जोश जाँगर र हिम्मत बढ्नेछ । आफ्नो वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वाहान लाभ हुने समय छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ, तर मठ–मन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ ।  

– ज्यो.प. नारायणप्रसाद दुलाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *