गर्भाधान दर बढाउन प्रशिक्षण

मंसिर २०, चितवन । गाईभैंसीमा गरिने कृक्रिम गर्भाधानको दर बढाउन खैरहनी भित्रका इन्सिमेनेटरहरुलाई शुक्रवार प्रशिक्षण दिईएको छ । कृक्रिम गर्भाधान इन्सिमेनेटरहरुका लागि खैरहनी नगरपालिकाको पशु सेवा शाखाले प्रशिक्षण दिएको हो ।  

कार्यक्रममा वरिष्ठ पशु चिकित्सक दयाराम चापागांईले गर्भाधान दर बढाउने तरिकाका बिषयमा इन्सिमेनेटरहरुलाई प्रशिक्षण दिएका थिए । इन्सिमेनेटरहरुले कृक्रिम गर्भाधान दर बढाउन ऋतुकालको लक्षणको सही पहिचान गर्नु पर्ने, बीर्यको सही भण्डारण तथा परिचालन गर्नु पर्ने, सरसफाईमा ध्यान दिनु पर्ने, समयमा कृत्रिम गर्भाधान गर्नु पर्ने, गुणस्तरीय बीर्यको प्रयोग गर्नु पर्नेमा वरिष्ठ पशु चिकित्सक चापागांईले सुझाव दिए ।  

गाईमा कृत्रिम गर्भाधान गर्दा अधिकतम ६० प्रतिशत सम्म सफल हुने खैरहनी नगरपालिका पशु सेवा शाखा प्रमुख रुद्र कुमार श्रेष्ठले बताए । प्राकृतिक गर्भाधानबाट भने गाईमा ८० प्रतिशत सम्म सफल हुन्छ । भैसीमा भने अधिकृतम ४६ प्रतिशत कृत्रिम गर्भाधान र ५५ प्रतिशत प्राकृतिक गर्भाधान सफल हुने गरेको श्रेष्ठले बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *