बस र भ्यान ठोक्किँदा १३ को मृत्यु

मंसिर २७, पाकिस्तान । शुक्रबार पाकिस्तानमा यात्रुबाहक भ्यान र बस एक आपसमा  ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । 

पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा भएको यस दुर्घटनामा १३ जनाको मृत्यु  भएको  स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।   

स्थानिय माध्यमका अनुसार यसरी भ्यान र बस एक आपसमा  ठोक्किँदा आगलागी समेत भएको थियो ।  यस दुर्घटनामा परी कती व्यक्ति घाइते भएको र बसमा कती यात्रु सवार थिए बिवरण आउन बाँकी रहेको स्थानिय प्रहरीले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *