आतङ्ककारी आक्रमणमा ३५ सर्वसाधारण र ८० जिहादी मारिए

पुस ९ । उत्तरी बुर्किनाफासोमा मङ्गलबार बिहान भएको आतङ्ककारी आक्रमणमा परी कम्तीमा ३५ सर्वसाधारण मारिएका छन् ।  राष्ट्रपति रोच मार्क क्रिस्टीयन काबोरले दिनुभएको जानकारीअनुसार मङगलबार बिहानै जिहादीहरुको एउटा ठूलो समूहले आक्रमण गरेका थिए ।   

आतङ्ककारी आक्रमणमा ठूलो सङ्ख्यामा सर्वसाधारण मारिएपछि यहाँ दुई दिन राष्ट्रिय शोकको घोषणा भएको छ । राष्ट्रपति उक्त घोषणा गरेका हुन् ।  देशको सौम प्रान्त अन्तर्गत पर्ने अर्बिन्द भन्ने ठाउँमा घटना भएको राष्ट्रपतिद्धारा जारी  वक्तव्यमा उल्लेख गरिएको छ ।   

राष्ट्रपति काबोरले सामाजिक सञ्जाल ट्वीटरमा सुरक्षाकर्मीहरुले आफ्नो विरता प्रस्तुत गरेको उल्लेख गरेका छन् । मृत्यु भएका ३५ सर्वसाधारणमा अधिकांश महिला रहेका उनले बताए ।  सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता रेमिस डान्डजीमौले मृत्यु भएका मध्ये ३१ जना महिला रहेको पुष्टि गरे ।   

Image result for ८० जिहादी मारिए

राष्ट्रपति काबोरले मृतकप्रति श्रद्धाञ्जली र मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै दुई दिन राष्ट्रिय शोकको घोषणा गरेका हुन् । घटनाका बारेमा अहिलेसम्म कुनै पनि समूहले जिम्मेबारी नलिएको समाचारमा जनाइएको छ । बुर्किनाफासोमा यस्ता आक्रमणका घटना बारम्बार हुने गरेको पाइन्छ  ।   

त्यसैगरी अर्को घटनामा स्थानीय सुरक्षाकर्मीहरुसँग भएको झडपका क्रममा ८० जिहादीहरु मारिएका सेनाले जनाएको छ । घटनामा परी अरु २० जना जिहादी घाइते भएका छन् । सन् २०१५ देखि भएका विभिन्न लडाकू आक्रमणमा परी बुर्किना फासोमा अहिलेसम्म कम्तीमा ७ सय भन्दा बढीको मृत्यु भएको छ । मृत्यु भएकामध्ये २०० जना सुरक्षाकर्मी रहेका छन् ।   

हिंसात्मक घटना भइरहेकाले हजारौ स्थानीय बासिन्दा विस्थापित भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *