प्रधानमन्त्री ओली भन्छन् ‘मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ’ (भिडियाे सहित)

मंसिर १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्वस्थ रहेको जानकारी दिएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीले अस्पतालबाटै सोमबार भिडियो सन्देशमार्फत आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएको जानकारी दिएका हुन् ।   

प्रधानमन्त्री ओलीको गत साता एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । उनको सघन कक्षमा उपचार भइरहेको छ । ओलीले भिडियो सन्देशमा एउटा मेजर अप्रेशन पछि आफू बोल्न र हिँड्डुल गर्न सक्ने भएको जानकारी दिएका छन् । 

एपेण्डीसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन । यो अचानक आइलाग्छ । मलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलाग्यो । त्यसमा इन्फेक्सन भएछ । र, त्यो बाहिर पनि फैलिएछ । त्यसमा मात्रै इन्फेक्सन सिमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो । बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनु पर्यो। त्यस कारण उपचारका क्रममा हप्ता दश दिन लाग्ने भयो । तर, मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ । एउटा मेजर अपरेशनपछि तपाईंहरु देखिरहनु भएको छ– मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु । हिजो मैले १३ औं ‘साग’को उद्घाटन समारोह पनि पूरै हेरेँ । हुन सक्छ कि सक्दैन भन्ने दुविधा समाप्त भएकामा खुसी लाग्या छ । म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनु भएकोमा, अरु सबैलाई सहभागि हुनु भएकोमा धन्यवाद भन्न चाहन्छु । मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु, सबैलाई आग्रह गर्दछु ।’ –केपी शर्मा ओलीप्रधानमन्त्री(मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसीयु कक्षबाट) 

  

हेर्नुहाेस भिडियाे 

https://youtu.be/QVF8XjZaM_8 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *