कालापानी सीमा विवाद वार्ताबाटै हल गर्न सरकार सक्षम: परराष्ट्रमन्त्री ज्ञवाली

२०७६ पुस १० गते

पुस १०, पाल्पा। तानसेनमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तासँग भेटघाट गर्दै परराष्ट्रमन्त्री प्रदीपकमार ज्ञवालीले कालापानीको सीमा समस्या वार्ताबाटै समाधान हुने बताएका छन् ।
उनले दुई देशबीचको सीमा विवाद वार्ताबाट हल गर्न सरकार सक्षम रहेको बताए । मन्त्री ज्ञवालीले पार्टी एकता प्रक्रियाको आधारभूत काम सकिएको बताए ।
पार्टी एकताका सबै काम टुङ्गो लागेपछि पार्टी र सरकारका काम तीव्रगतिमा अघि बढ्ने उनको भनाइ छ । मन्त्री ज्ञवालीले पार्टी एकता प्रक्रियाका बाँकी काम पुस मसान्तसम्म सकिने जानकारी दिए ।

२०७६ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित