ग्रिनफिल्डलाई ४-१ गोलले पराजित गर्दै एक्सेल्सियर क्वाटरफाइनलमा प्रवेश

पुस ६, काठमाडौं । आठौं एक्सेल्सियर कपअन्तर्गत यु–१६ ब्वाइज फुटबलमा द एक्सेल्सियर स्कुल क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

आइतबार भएको खेलमा एक्सेल्सियरले ग्रिनफिल्डलाई ४–१ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । एक्सेल्सियरका धीरज जोशीले ह्याट्रिक गरका थिए । ग्रिनफिल्ड पनि समूह उपविजेता हुँदै क्वाटरफाइनलमा पुग्न सफल भएको हो । 

त्यस्तै, यु–१२ ब्वाइज फुटबलमा रेडिअन्ट पब्लिकले न्यु जेनिथलाई २–० र पुष्पसदनलाई १–०, एक्सेल्सियरले द चाँदबाग स्कुललाई ३–०, बृहस्पति विद्या सदनले चाँदबागलाई २–० र एक्सेल्सियरलाई १–० तथा न्यु जेनिथले न्यु इरालाई ३–० गोलले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *