गुजरात दंगा घटनामा प्रधानमन्त्री मोदीलाई क्लिन चिट

मंसिर २५, काठमाडौं । सन् २००२ मा भारतको गुजरातमा भएको दंगाको छानबिनका लागि गठिन नानावटी आयोगले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई क्लिन चिट दिएको छ । त्यसबेला मोदी गुजरातका मुख्यमन्त्री थिए । उक्त प्रतिवेदनमा मोदीसँगै त्यतिबेलाका मन्त्रीहरुलाई पनि क्लिन चिट दिइएको छ । 

बुधबार गुजरात विधानसभामा नानावटी आयोगको रिपोर्ट पेश भएको छ । पाँच वर्ष पहिले यो रिपोर्ट राज्य सरकारलाई बुझाइएको थियो । सन २०१४ मा सर्वोच्च अदालतका अवकास प्राप्त न्यायाधीश जीटी नानावटी र गुजरात उच्च अदालतका पूर्व न्यायाधीश अक्षय मेहताले यो रिपोर्ट तयार पारेका थिए । 

सन २००२ मै नरेन्द्र मोदीले यो आयोग गठन गरेका थिए । गुजरातका गृहमन्त्री प्रदिप सिंह जडेजाले भने ‘आयोगले स्पष्ट पारेको छ कि दंगा पूर्व नियोजित थिएन, रिपोर्टमा नरेन्द्र मोदीलाई किल्न चिट दिइएको छ ।’ झण्डै तीन हजार पानाको यो रिपोर्टमा तीन प्रहरी अधिकारी आरबी श्रीकुमार, संजीव भट्ट र राहुल शर्माको भूमिकामाथि प्रश्न उठाउँदै छानबिनको सिफारिस गरिएको छ । 

null

गुजरातमा भड्किएको साम्प्रदायिक दंगामा एक हजार भन्दा धेरै मानिसहरु मारिएका थिए । सरकारी तथ्याङ्क अनुसार जम्मा १०४४ जना मारिएकोमा ७९० मुसलमान र २५४ जना हिन्दु थिए। बीबीसीको सहयोगमा  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *