२८ आतङ्कवादी मारिए

मंसिर २२ ।  बुर्किना फासोको सेनाले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २८ आतङ्कवादी मारिएका छन् । 

सुरक्षा श्रोतले शुक्रबार दिएको जानकारीअनुसार देशको उत्तरी क्षेत्रमा भएको हवाई आक्रमणमा परी उनीहरु मारिएका हुन् । उत्तरी यातेन्गा प्रान्तको तिवबाल, किन र येन्सेलागयतका क्षेत्रलाई लक्षित गरी हवाई आक्रमण गरिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् । 

सुरक्षाकर्मीहरुले आतङ्कवादीहरुका आश्रयस्थल तथा बन्दोबस्तीका सामग्रीहरु समेत नष्ट गरिएको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । बुर्किना फासोमा सन् २०१५ देखि आतङ्वादीहरुको गतिविधि हुदै आइरहेको छ भने पछिल्ला केही हप्ता सुरक्षा कारबाही पनि बढेको छ । एजेन्सी 

Image result for आतङ्कवादी मारिए

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *