नागढुङ्गाबाट लागुऔषध सहित एक प्रहरी नियन्त्रणमा

काठमाडौं, १९ मंसिर । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ । 

चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुंगा स्थित धनुषाबाट काठमाडौं तर्फ आउदै गरेको ना.७ ख ३५०८ नम्बरको यात्रु बहाक बस बाट लागुऔषध सहित एकजनालाई पक्राउ गरेको हो । 

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख डिएसपी कुमार बिक्रम थापाले सोहि गाडीमा सवार भई आएका सोहि गाडीको कन्डक्टर हुँ भनि बताउने पक्राउ पश्चात नामथर वतन खुल्न आएका जिल्ला धनुषा सबेला नगरपालीका वडा नं. ९ घर बताउने वर्ष २० को अतिशुभ ठाकुर बिरहीलाई लागुऔषध सहित पक्राउ गरिएको बताए । 

डिएसपी थापाका अनुसार बिरहीको साथवाट नेपाल सरकारबाट प्रतिबन्धित लागुऔषध (नाईट्राभेट १०) लेखिएको ५१० ट्याब्लेट फेला परेको छन् । 

उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी बृत्त थानकोट राखिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =