हिमपातका कारण अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालन

मङ्सिर २८,डोटी । लगातारको वर्षासँगै परेको हिमपातका कारण हिजो शुक्रबार दिउँसोबाट अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग शनिबारबाट सञ्चालन भएको छ। 

सडक डिभिजन कार्यालयको डोजर, स्थानीयवासी र प्रहरीको सहायतामा उक्त राजमार्ग आज दिउँसोबाट सञ्चालन गरिएको हो। 

लामो समयपछि राजमार्ग सञ्चालन भएपछि अहिले उक्त क्षेत्रमा शुक्रबारदेखि रोकिएका सवारी साधन तथा यात्रुहरु आ–आफ्नो गन्तव्यतिर लागेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताएका छन् । 

null

हिमपातले राजमार्ग अवरुद्ध हुँदा पहाडदेखि तराई जाने तथा तराईबाट पहाडका लागि आउँदै गरेका सयौँ यातायातका साधन तथा यात्रुहरु गएरातिदेखि उक्त राजमार्गको हगुल्ट भन्ने ठाउँमा अलपत्रमा परेका थिए। हिमपातका कारण अवरुद्ध राजमार्ग खुलाइए पनि सुदूपश्चिम प्रदेशका पहाडी जिल्लाको सञ्चार सम्पर्क भने अझै सञ्चालन भएको छैन। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *