काठमाडौंको भङ्गालमा कामनाको नयाँ शाखा

मंसिर २९, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ ।   

बैंकले आज (आइतबार) काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर–८ स्थित भङ्गालमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । योसँगै बैंकको १०७ शाखा पुगेको छ ।   

शाखाको उद्घाटन नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेल तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुतm रुपमा गरे ।   

कारोबार शुभारम्भ समारोहमा बैंकका संचालक विश्वेश्वर सुवेदी, नायब महाप्रबन्धक हरि प्रसाद लम्साल, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।   

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *