गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा इक्यानको एक दिने श्रमदान

पुस १२, चितवन । चितवनमा निमार्णाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले एक दिन श्रमदान गरेको छ । इक्यान चितवनको संयोजनमा आयोजित जनश्रमदानमा इक्यानका केन्द्रीय अध्यक्ष विष्णुहरि पाण्डे, केन्द्रीय सचिब दीपकराज भुसाल, केन्द्रीय सल्लाहकार एलएन सुवेदी, केन्दीय सदस्य वाइवी पौडेल, लगायत चितवन इक्यानका कार्य समिति सदस्य, साधारण सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।   

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्दै गरेको क्रिकेट रंगशाला निर्माणमा इक्यानले आफ्नो तर्फबाट सक्दो सहयोग जुटाउने इक्यानका केन्द्रीय अध्यक्ष विष्णुहरि पाण्डेले बताए ।   

नेपाललाई खेल क्षेत्रबाट अन्तराष्ट्रिय स्तरमा चिनाउन गौतमबुद्ध अन्तराष्ट्रिय रंगशाला महत्वपूर्ण माध्यम बन्ने पाण्डेले बताए । ‘इक्यान खेलकुदको माध्यमबाट राष्ट्र निर्माणमा सदैव सहकार्य गरेर अगाडी बढ्न प्रतिबद्ध छ । धुर्मुस सुन्तली फाउण्डेशनको कार्यमा सानो सहयोग गर्न पाएकामा हामी आफुलाई गौरब गर्दछौं ।’ पाण्डेले भने ।   

Image may contain: one or more people, people standing, sky, outdoor and nature

धुर्मुस सुन्तली फाउण्डेशनका संस्थापक सिताराम कट्टेल (धुर्मस)ले गौतमबुद्ध अन्तराष्ट्रिय रंगशाला देशकै गौरब बोक्ने रंगशाला हुने भएकोले सबैले आआफ्ना क्षेत्रबाट सहयोग गर्न आग्रह गरे । उनले क्रिकेटको माध्यम बाट मुलुकलाई विश्वमाझ परिचित बनाउन रंगशालाले महत्वपूर्ण भूमिका खेल्ने र यो रंगशाला नेपाली जनताको लगानीबाट निर्माण हुने भएकोले अन्तराष्ट्रिय स्तरमै उदाहरणीय कार्य हुने बताए ।   

एक वर्ष अघि शुरु गरिएको रंगशाला निर्माणको कार्य अहिले तिब्र रुपमा भइरहेको छ । कूल २ अर्ब ६० करोड लागत अनुमान गरिएको रंगशाला २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । अहिले धमाधम निर्माण कार्य भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *