गोन्द्राङ ढाट काण्डका आरोपिलाई सफाइ


मंसिर १९, चितवन । चितवन भरतपुर गोन्द्राङ ढाटकाण्डमा आरोपि ९ जनाले सफाइ पाएका छन् । भरतपुर महानगरपालिकाको वडा नं. ९ गोन्द्राङमा रहेको ढाटमा गएको जेठ ३ गते भएको आगजनीका विषयमा दोषी भएको आशंकामा आरोप लगाइएकाहरुको संलग्नता नभएको पाइएपछि उनीहरुले सफाई पाएका हुन् ।
पूर्वी चितवनका स्थानीयहरु सदरमुकाम भरतपुर आउदा ढाटमा लिने शुल्कका विषयलाई लिएर गएको जेठ ३ गते ढाटमा आगजनी भएको थियो । आगजनीमा असइ कल्पना खड्का घाइते भएकी थिइन ।
घटनामा दोषी देखिएको भन्दै ढाटका ठेकेदार अमृत भट्टचन र प्रहरी निरिक्षक राजकुमार थापाले अभद्र व्यवहार गरेको विषयमा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गराएका थिए । लामो समयको अनुसन्धानबाट दोषी देखिएको भन्दै आरोप लगाइएकाको संलग्नाता भएको प्रमण नभेटिएकाले आरोपी सबैलाई सफाइ दिएको हो ।
null
जिल्ला प्रशासन कार्यालय भरतपुरमा यही मंसिर ४ गते भएको फैसलामा दोषी नदेखिएकाले आरोपि सबैले सफाइ पाएको मुद्दा शाखाका नायव सुब्बा बाबुराम पराजुलीले जानकारी दिए । ढाटबाट पैसा हराएको भन्दै मुद्दा दर्ता गरेका भट्टचनले बयानका क्रममा दाबी नगरे पछि आरोपिहरुले सफाइ पाएका हुन ।
सफाइ पाउनेहरुमा रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, खिलप्रसाद घिमिरे, कुलप्रसाद शर्मा, गोकर्ण गिरी, रामचन्द्र पाठक, विष्णु लम्साल, सरोज तिमल्सिना, विजय खनाल, विष्णु ढुंगाना रहेका छन् । घटनामा आफ्नो कुनैपनि संलग्नता नभएको र दोष नदेखिदा समेत आरोपमा मुद्दा खेप्नु परेको राजाराम रेग्मीले बताए । मुद्दा फैसलाले न्यायको जीत भएको आफूले महसुस गरेको उनले बताए ।
गत जेठ ३ गते पुर्व पश्चिम राजमार्गको गोद्राङमा रहेको सडक बोर्डको ढाट हटाउनु पर्ने भन्दै स्थानीयको भिडले पोष्टमा आगजनी गरेको थियो । पुर्बी चितवनबासिहरुले आफ्नै जिल्लाको सदरमुकाम जांदा समेत शुल्क तिर्नु परेको भन्दै सो स्थानबाट ढाट हटाउनु पर्ने माग गर्दै आएका छन् ।
