त्रिवि उपकुलपतिको कार्यकक्ष तोडफोड

पुस १३, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपतिको कार्यकक्ष तोडफोड भएको छ ।   

नेपाल विद्यार्थी संघ नेविसंघ त्रिवि समितिले गलत मान्छेलाई रजिस्ट्रार नियुक्त गरेको भन्दै त्रिविको उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको कार्यकक्षमा तोडफोड गरेको हो ।   

नेविसंघ त्रिवि समिति सचिव योगेन्द्र रावलले उपकुलपतिमाथी स्ववियु निर्वाचनको सुनिश्चितता र विश्वविद्यालयको गुणस्तरप्रति प्रतिबद्धन भएको आरोप लगाए ।   

उनले भने, ‘उपकुलपतिबाट विश्वविधालय परिसरभित्र प्रहरी चौकी राख्ने र त्यही प्रहरी बलको भरमा विद्यार्थीहरुलाई अपमान गर्ने काम भयो । त्यसपछि हामी बाध्य भएर आन्दोलनमा उत्रिएका हौँ ।’   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *