नगर प्रमुख तिलक राईसहित २ जना पत्रकार सम्मानित

पुस ०५, सुनसरी । धरानका नगरप्रमुख तिलक राई र २ जना पत्रकार सम्मानित भएका छन् ।  

  

किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीले नगर प्रमुख राई तथा पत्रकारद्धय उपेन्द्र चाम्लीङ र बिकास चाम्लीङलाई सम्मानपत्रसहित जातीय फेटा लगाई सम्मान गरेको हो ।   

नगरप्रमुख राई संगै धरान तथा बिराटनगरमा भर्खरै सम्पन्न नेपाल फोटो पत्रकार महासङ्घ सुनसरी जिल्ला अध्यक्षमा चयन भएका बिकास चाम्लिङ राई र नेपाल फोटो पत्रकार महासङ्घको केन्द्रीय सदस्यमा चयन भएका फोटो पत्रकार तथा बलाष्टकर्मी उपेन्द्र चाम्लिङ राईलाई सम्मान गरिएको हो । 

सोही कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगरप्रमुख राईले अबको समयमा किरात समुदायको धरान उपमहानगरपालिकामा सहयोग सहकार्य र उपस्थिति पहिलो नम्बरमा हुनुपर्ने र  उक्त कार्यको लागि किरात राई यायोक्खाले मुख्य भूमिका खेल्नुपर्ने बताएका छन् । 

नगरप्रमुख राईले किरात समुदाय अब कुनै न कुनै रुपमा राज्यको निर्णायक तहमा पुग्न जरुरी रहेकाले नेतृत्व गर्ने व्यक्तिलाई अगाडि बढाउनुपर्ने सुझाब समेत दिएका छन् । 

उक्त सम्मान तथा बधाई कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय कार्य समितिका महा सचिव जनक राईले यले सम्वत ५०८० लाई किरात प्रदेशको अभियान जोडेर मनाउन सम्पुर्ण किरात समुदायलाई आग्रह गरेका थिए ।   

उनले यले सम्वत ५०८० को अवसरमा काठमाण्डौँमा यलम्बर स्मृति पुरस्कारबाट किरात समुदायका विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिने भएकोले पनि सो कार्यक्रममा उपस्थित हुनको लागि निमन्त्रणा समेत गरेका छन । 

किरात राई यायोक्खा भवन धरान १० मा गरिएको कार्यक्रमको अध्यक्षता  जिल्ला कार्य समिति सुनसरीका अध्यक्ष बलराम राई गर्नुभएको थियो । 

यसैबीच  नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर धरानमा पनि विशेष कार्य गरीने मेयर तिलक राईले बताएका छन् । उहाले यही पुस २० गतेदेखि २२ गतेसम्म धरान दिवस मनाईने समेत जानकारी गराएका हुन । 

 धरान दिवश र नेपाल भ्रमण वर्ष २०२० लाई एकीकृत रुपमा मनाइने बताउदै उनले धरानमा भएका संस्कार संस्कृतिहरुलाई अवलोकन गर्नको लागि र संस्कार संस्कृतिहरुलाई प्रदर्शन गर्नको लागि धरान उपमहानगरपालिकाले निःशुल्क रुपमा स्थान प्रदान गरिदिने बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *