बाराको एक घरमा आगलागी हुँदा ६ लाखको क्षती

पुस ७, काठमाडौँ ।  गएराती  बाराको एक घर र गोठमा आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको छ । 

बाराको सिम्रौनगढ नगरपालिका ११ लक्ष्मिनिया टोलमा  स्थानीय शम्भु भगत मालीको घर र गोठमा आगलागी  हुँदा उक्त मूल्य बराबरको क्षती भएको हो ।   

मालीको  घरमा भएको  लत्ताकपडा, अन्नपात, मोटरसाइकल र गोठमा भएको ३ वटा भैंसी र ४ वटा बाख्रा जलेर ६ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।   

Image result for आगलागी

प्रहरीका अनुसार  खपडाको छाना भएको सो घर चिसोबाट बच्न बालेको घुरबाट सल्केको आगोले उक्त दुर्घटना हुन पुगेको हो ।  आगोलाई सिमरौनगढ नगरपालिकाको दमकल, प्रहरी चौकी कचोर्वाका प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *