छापाः जब प्रहरीले बम चिनेन, तीन कदम पर पड्कियो, अनुदानमा कृषि उत्पादन होइन बेथिति मौलाउँदै, चिकित्सा शिक्षा मन्त्रालय मातहत


मंसिर २९, काठमाडौँ । राजधानी काठमाडौँबाट प्रकाशन हुने अधिकांश पत्रपत्रिकाहरुले धनुषामा भएको बम विस्फोटको घटनालाई प्राथमिकताका साथ पहिलो पृष्ठमा मुख्य समाचारको रुपमा छापेका छन् ।
आजको कन्तिपुर दैनिकले धनुषाको बम विस्फोटको घटनाका विषयमा ‘तीन कदम पर पड्कियो बम, इन्स्पेक्टरसहित तीनको मृत्यु’ शीर्षकमा समाचार छापेको छ । कान्तिपुर दैनिकले नै ‘अवैध बाटो अमेरिका, २ वर्षमा ९२ जना डिपोर्ट, एजेन्टलाई बुझाएको करोडौँ स्वाहा !’ शीर्षकमा समाचार छापेको छ ।
आजको अन्न्नपूर्ण पोष्टले बम विस्फोटको घटनाको समाचारलाई ‘जब प्रहरीले बम चिनेन’शीर्षकमा समाचार छापेको छ ।
आजको नयाँ पत्रिका दैनिकले कृषि उत्पादन सम्बन्धी समाचार छापेको छ । नयाँ पत्रिका दैनिकले अनुदानमा कृषि उत्पादन होइन बेथिति मौलाउँदै शीर्षकमा समाचार लेखेको छ । नयाँ पत्रिकाका अनुसार सरकारले खेतबारी जोत्न दिएको ट्याक्टरले गिटी बालुवा बोक्ने गरिएको छ भने सहकारीको प्रमाणपत्र मासिक ५ हजारमा भाडामा लिएर व्यक्तिले १३ लाख रुपैयाँ अनुदान लिएको समाचार छ ।
त्यसैगरी आजको नागरिक दैनिकले चिकित्सा शिक्षा मन्त्रालय मातहत शीर्षकमा समाचार छापेको छ । अन्य पत्रपत्रिकाहरुको फ्रन्ट पेज तस्बिरमाः
