अजिंगरले घिसादैँ लगेको आफ्नो छोरालाई यसरी बचाईन् आमाले

पुस ६ ।  एक चार वर्षका बालकलाई १५ फुटको स्क्रब अजिंगरले घरको पछाडि रहेको जंगलमा घिसारेर लाने प्रयास गरेको डेलीमेलले बताएको छ ।   

क्लिफोर्ड थोम्पसनलाई गत हप्ता अजिंगरको खतरनाक आक्रमणपछि अस्पताल पुर्‍याइएको छ । उनलाई ठूलै चोट लागेको छ । 

उनका बुवा उत्तरी क्विन्सल्याण्डको एर्ली बीचस्थित नयाँ घरमा भर्खरै सरेका थिए । घटना हुँदा उनले हाउसवार्मिङ पार्टी होस्ट गरिरहेका थिए । 

‘घरमा अन्य सदस्य पनि थिए । पुलमा अन्य ६ बालबालिका पनि थिएँ र हामीले उनीहरुमाथि निगरानी राखिरहेका थियौं,’ थोम्पसनले डेली मेल अष्ट्रेलियालाई बताए । 

‘त्यसपछि मैले घर पछाडिबाट बच्चा चिच्याएको सुनेँ । यताउती हेरेपछि एउटा अजिंगरले आफ्नो मुख मेरो छोराको खुट्टामा गाडिरहेको देखेँ ।’ 

उनका छोरा क्लिफोर्ड थम्पसनले अजिंगरले घिसारिरहेका बेला रेलिङ समातिरहेका थिए । 

‘यदि म त्यहाँ नभएको भए अजिंगरले मेरो छोरालाई मारिसक्थ्यो ।’ 

थम्पसनका अनुसार उनी हतारहतार गएर अजिंगरलाई बेस्सरी टाउकोमा मुड्कीले हाने, त्यसपछि मात्र अजिंगरले उनको छोरालाई छोड्यो । 

‘त्यसको केही सेकेन्डभित्रै अजिंगरले छोरालाई पुनः टोक्यो त्यसकारण मैले अजिंगरलाई घाँटीमा समातेँ र त्यसको मुख च्यातिदिएँ,’ उनले भने । 

जब अजिंगरले छोरालाई पुनः आक्रमण गर्यो तब उनले घरभित्रका मानिसलाई हतियार ल्याउ भनेर चिच्याए । 

त्यसपछि उनका साथीले अजिंगरलाई हम्मरले हमला गरेर मारे । 

‘यदि त्यो अजिंगरले मेरो पहिलो मुक्कामा छोरालाई छोडिदिएको भए मैले त्यसलाई जान दिन्थेँ होला तर त्यो यत्ति धेरै रिसाएको थियो कि मेरो घरसम्म आइपुगेको त्यो अजिंगरलाई मैले छोडिनँ,’ उनले भने । 

‘मेरी तीन वर्षीया छोरी पनि छिन् । हामी खुसी छौं कि यसले उसलाई छोएन ।’ 

लगभग पाँच मिनेटको संघर्षमा उनको छोराको खुट्टामा ठूलै चोट लागेको छ । अजिंगरले टोकेको ठाउँमा केही दाग पनि छन् । 

शुक्रबार बिहान उनको घाउको शल्यक्रिया भएको छ । क्लिफोर्डलाई अहिले एन्टीबायोटिक्स दिइएको छ र चाँडै नै निको हुने आशा गरिएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *