माैसमः पश्चिमी वायुको प्रभावले आज पनि देशभर वर्षा र हिमपात

मंसिर २८, काठमाडौं । हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले हाल देशको मध्य र पश्चिमी पहाडी भू-भागमा र पूर्वी भू-भागमा सामान्य देखि पूर्ण बदली रही केहि भू-भागमा हल्का वर्षा भएको छ। साथै उच्च पहाडी र हिमाली भू-भागमा हिमपात समेत भएको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसीर २८ गते (शनिबार)
null
दिउँसो: देशका मध्य र पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रही पूर्वी भू-भागमा सामान्य बदली रहनेछ। देशका मध्य र पूर्वी भू-भागका केही स्थानहरुमा हल्का वर्षा हुने संभावना छ। उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ।
मंसीर २९ गते (आइतबार)
दिउँसो: देशको पश्चिमी भु-भागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी थोरै स्थानहरुमा हल्का वर्षा हुने संभावना छ। हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ।
राती: देशको पश्चिमी पहाडी आंशिक देखि सामान्य बदली साथै मध्य तथा पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ । हिमाली भू-भागहरुमा हल्का हिमपात हुने संभावना छ।
मंसीर ३० गते (सोमबार)
दिउँसो: देशको केहि पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती: देशको केहि पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
केहि उच्च पहाडी सहित हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात हुने संभावना रहेकाले उच्च पहाडी सहित हिमाली भू-भागका स्थानहरुमा सतर्कता अपनाउनु हुन अनुरोध गरिन्छ।








