महोत्तरीमा पेस्तोल सहित पाँच राउण्ड गोली फेला

मंसिर २०, महोत्तरी । शुक्रबार बिहान प्रहरीले महोत्तरीको जलेश्वरबाट एक पेस्तोल र त्यसमा लाग्न गोली र म्याग्जिन फेला पारेको छ ।   

आज बिहान साढे १० बजेकाे समयमा जलेश्वर नगरपालिका ६ स्थित सडक छेउको झाँडीमा लुकाइ राखिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।   

सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निरकृष्ण अधिकारीका अनुसार आरडनान्स कम्पनीको आरपी -१२१८२० को ७.६२ एमएमको पेस्तोल र त्यसमा लाग्ने पाँच राउण्ड गोलीसहित एक थान  म्याग्जिन फेला पारिएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =