नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन सम्पन्न

मंसिर २४, काठमाडौँ । नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन  सम्पन्न भएको छ । यस सम्मेलन गत वर्ष यो समुदायमा भएको विशाल वृद्धिको प्रतिबिम्ब हो ।   

नेपालभरका ३५० जना सदस्यहरुले ३० वटा क्लबको प्रतिनिधित्व गर्दै  सम्मेलनमा सहभागी भएका थिए  । यी सहभागीहरुले विभिन्न समुदायको क्लबहरु, कम्पनीहरु, व्यवसायिक संगठन, र शिक्षक संस्थाहरुको प्रतिनिधित्व गरेका थिए । 

सम्मेलनमा नेपालभरको ह्युमरस एण्ड इभ्यालुयशन स्पीच प्रतियोगिता सम्पन्न गरिनुको साथै विजेताहरुको नाम  घोषित गरिएको थियो । सम्मेलनमा अतिथीमा डरेक्टर जेनिफर घोष, डीटीएम र फ्रान्सेली राजदुत फ्रान्सेइस–जेभिएर लेगर रहेका थिए ।   

यस सम्मेलनमा टोस्टमास्टर्स इन्टरनेशनलका अन्तर्राष्ट्रिय प्रेसिडेन्ट दीपक मेनन, डीटीएमले आफ्नो मुख्य टिप्पणीहरु दिएका थिए  । नेपाल टोस्टमास्टर्सले  ८२ वर्षिया कृष्णा ताम्राकारलाई कम्यूनिकेटर अवार्ड २०१९ द्वारा सम्मानित गरेको थियो । 

यो अवार्ड हरेक वर्ष एक जना गैर–टोस्टमास्टर्स सदस्यलाई उनको देशप्रति सञ्चार र नेतृत्वको योगदानका लागि सम्मान गर्दै प्रदान गरिन्छ । इभ्यालुयशन एण्ड ह्युमरसका प्रतिस्पर्धीहरुले फाइनल राउण्डका लागि प्रतिस्पर्धा गरेका थिए र सम्बन्धित विजेताहरु पनि घोषित भइसकेका छन् ।   

इभ्यालुयशन प्रतियोगिताको विजेता कुशुम टोस्टमास्टर्स क्लबबाट प्रिया चापागाँइ भएकी छिन् भने ह्युमरस स्पीच कन्टेस्टीकी विजेता लक्ष्मी बैंक टोस्टमास्टर्स क्लबकी कुष्मा केसी भएकी छिन् । यी दुवै एरिया ए ५ का टोस्टमास्टर्स हुन् ।   

यी दुवै विजेता भारतको नयाँ दिल्लीमा मेई २०२० मा आयोजना हुन् डिस्ट्रीक लेबल कन्टेस्टमा सहभागी हुनेछन् । यी प्रतियोगिता टोस्टमास्टर्स इन्टरनेशनलले तोकेको निर्देशन अनुसार आयोजना गरिएको छ जसले वल्र्ड च्याम्पेनसीप अफ पब्लिक स्पीकिङ्ग पनि आयोजना गर्दछ । 

सम्मेलनमा “सञ्चारको माध्यमबाट नेतृत्व” भन्ने विषयमा प्यानल छलफल पनि राखिएको थियो जसमा प्यानलिस्ट सुमन शाक्य डीटीएम, रञ्जीत आचार्य डीटीएम, जेनिफर घोष डीटीएम र इन्टरनेशनल प्रेसिडेन्ट दीपक मेनन डीटीएम थिए ।   

यस छलफल मून प्रधान, डीटीएमले संचालन गरेका थिए । टोस्टमास्टर्सको बढ्ढो प्रभावको बारेमा डीटीएम आचार्यले भने, “ हामी डिस्ट्रीक र त्यस भन्दा अधिक क्रस परागण सृजना गर्दछौं । नेपालमा प्रभावशाली मूल्यांकन र परामर्श कार्यक्रमहरु संचालन भइरहेका छन् ।” 

डीटीएम शाक्यले भने , “यदि हामीले आधारभूत कुराहरु सही गर्यौ भने सबै कुराहरु राम्रो हुन्छन् । यदि नेपालका लागि मापदण्डसहित क्लब संचालन सही ढंगबाट भयो भने यो देश बाहिर पनि रेप्लिकेट गर्न सकिन्छ ।” 

सम्मेलनमा Inkspire  को दोस्रो अंक, नेपाल टोस्टमासटर्स, डिभिजना ए, डिस्ट्रिक ४१ को न्यूजलेटर पनि सार्वजनिक गरिनुको साथै कार्यक्रममा टोस्टमास्टर्सहरुले संगीतिक र सांस्कृतिक प्रतिभाहरु प्रदर्शन गरेका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *