पर्सामा आफैँ चढेको बसले किच्दाँ युवकको मृत्यु

२०७६ पुस १० गते

फाेटाे फाइल
पुस १०, काठमाडौँ । बिहिबार पर्सामा आफैँले चढेको बसले किचेर एक २१ वर्षिय युवकको घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरीका अनुसार पर्साको ठोरीबाट चितवनको भरतपुर तर्फ आउँदै गरेको ना५ ख १२१२ नम्बरको बसमा सवार उनी यात्रा गर्ने क्रममा रोजीनगरको नयाँगाउँमा बसको ढोकाबाट खस्दा पछाडिको चक्काले किचेर उनकाे मृत्यु भएको हो ।
मृत्यु हुनेमा ठोरी गाउँपालिका९१ रोजीनगरका २१ वर्षीय अनम प्रजा रहेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्त बताए ।
प्रहरी निरीक्षक पन्तका अनुसार तमुचोकबाट बसको छतमा चढेका प्रजालाई सहचालकले बसभित्र बसाएको भएपनि मदिरा सेवन गरेकाले उनी ढोकामा अटेर गरी बसेका थिए ।
ठक्करदिने बसलाई नियन्त्रणमा लिएपनी बसका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

२०७६ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित