क्रिसमसमा राष्ट्रपतिले दिएको शुभकामनाको आलोचना, क्रिसमस कसरी हाम्रो सम्पदा ?

पुष १०, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी इसाई धर्मावलम्बीहरुको चाड क्रिसमसको अवसरमा दिएको शुभकामना सन्देश विवादमा आएको छ । 

हिजो डिसेम्बर २५ का दिन राष्ट्रपति भण्डारीले ब्यक्त गरेको शुभकामना सन्देशमा क्रिसमसलगायतमा पर्वहरु हाम्रा बहुमुल्य सम्पदाहरु हुन् भनेर दिएको सन्देश प्रति आलोचना भएको छ ।   

पत्रकार भुषण दाहालदेखि राप्रपा नेता कमल थापाले समेत प्रश्न उठाएका छन् । हिजोनै राप्रपा अध्यक्ष थापाले ट्विट गर्दै ‘क्रिसमस हाम्रो सम्पदा ! कसरी ?’ भन्दै प्रश्न गरेका छन् । उनले बि.सं २००७ पुर्व नेपालमा एक दर्जन जना भन्दा कम अंगिकृत नागरिकता लिएका नेपाली ईसाई धर्मावलम्बीहरु थिए । के अब धर्मान्तरण हाम्रो संस्कृति र सम्पदा भएको हो ? भन्दै प्रश्न गरेका छन् ।   

यस्तै पत्रकार भुषण दाहालले  ‘सम्पदा ??? हाम्रो ????’ भन्दै ‘जे होस नयाँ कुरा सिक्ने क्रम जीवन भर कहिले नटुँगिने भयो’ भन्दै ब्यंग्य गरेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *